आईसीसी एकदिवसीय विश्वकप छनोट: जिम्बाबेले टस जित्यो, नेपालले पहिलो ब्याटिङ गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ ३, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ३,काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । आइतबारको खेलमा जिम्बाबेले टस जितेको छ ।

जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको छ । नेपाली समयअनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । नेपालले पहिले ब्याटिङ गर्नेछ । विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस