वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ १२, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सोमबार जिम्बाब्वेको हरारेमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो ।

सोमबारको खेल सकिएसँगै समूह ए का सबै खेल सकिएका छन् । समूह ए मा आयोजक राष्ट्र जिम्बाब्वे ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्यान्ड्स ६ अंकसहित दोस्रो स्थानमा रहँदा वेस्ट इन्डिज ४ अंकसहित तेस्रो स्थानमा रह्यो । यस पटक वेस्ट इन्डिजले जिम्बाब्वेसँग पनि हार बेहोरेको थियो । वेस्ट इन्डिजले नेपाल र अमेरिकाविरुद्ध मात्र जित हात पारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस