श्रीलंका बन्यो विश्वकपमा छानिने पहिलो टोली

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ १७, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई नौ विकेटले पराजित गर्दै श्रीलंकाले विश्वकपमा स्थान बनाएको छ ।

बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई पराजित गरेपछि श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको छ । जिम्बावेले दिएको एक सय ६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका पथुम निसंकाले अविजित एक सय एक रन बनाए ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए । त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावे ३२ दशमलव २ ओभरमा एक सय ६५ रनमा अलआउट भयो । जिम्बावेका लागि सन विलियम्सले ५६ रन बनाए । श्रीलंकाका स्पिनर महेष थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३ विकेट लिए ।

पथिसा पाथिरानाले २ तथा दाशुन शनकाले एक विकेट लिए । जितसँगै श्रीलंका ८ अङ्ककासाथ एक खेल अगावै विश्वकपका लागि छनोट भएको छ । पराजित जिम्बावेले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस