एकदिवसीय विश्वकप छनोट: युएईलाई ३ विकेटले हराउदै नेपाल विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ १७, आईतबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । जिम्बावेमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको प्लेअफ खेलमा नेपाल ३ विकेटले विजयी भएको छ ।

युएईले सबै विकेट गुमाएर नेपाललाई १ सय ८२ रनको लक्ष्य दिएको थियो । नेपालले जवाफी ब्याटिङ गर्दै ४२ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । जितको लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ८३ रन बनाएका थिए ।

क्रिजमा सन्दिप लामिछाने र ऐरीको साझेदारी टिकेपछि नेपाल विजयी भएको थियो । लामिछानेले ३७ बलमा २३ रन बनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस