राष्ट्रियसभाको बैठक भोली बस्दै, के-के छन् सम्भावित कार्यसूचीहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । एमालेको अवरोधका कारण स्थगित हुँदै आएको बैठक पुनः आइतबारका लागि तय भएसँगै संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको हो । बैठकमा निवियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुमध्ये मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिञ्चाइ, खानेपानी, अर्थ, श्रम तथा रोजगार, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, कृषि, गृह, रक्षालगायतका मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस