समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ: सभामुख घिमिरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार २३,काठमाडौँ ।सभामुख देवराज घिमिरेले संसद् अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको भन्दै उहाँले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताएका हुन्।

उनले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको बताए । उनले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद् चलाउन आग्रह गरेको बताए। उनले साथै प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरुलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारण के हो छ ? भनेर प्रश्न गरेको बताए ।

जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारले यो विषयलाई गम्भीरताका साथ लिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताएको घिमिरेले बताए । उनले प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री प्रचण्डलाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसद्को गतिरोध हट्ने विश्वासमा आफू रहेको बताए ।

उनले सभामुखको भूमिका संसदमा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने ठाउँ संसद् बन्न नदिने बताए । उनले विषय उठिसकेपछि त्यसको समाधान गरेर नै संसदका काम अघि बढाउन आफूले चाहेको र त्यही अनुसार पहल गरिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस