कांग्रेस केन्द्रिय समिती बैठक: प्रदेश कमिटीसंग समन्वय नभएको प्रदेश सभापतिहरुको गुनासो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ३,काठमाडौँ । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राखेका छन् । बुधवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सभापति यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिन नहुने धारणा राखेका छन् । उनले यस विषयमा पुनःविचार गर्नुपर्ने बताए । त्यस्तै उनले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गरे ।

उनले भने, ‘मधेस भनेको नेपाली कांग्रेसको जननी हो । मधेसबाट नेपाली कांग्रेसको जन्म भएको छ । र जब जब मधेस बलियो भएको छ तब तब नेपाली कांग्रेस सत्तामा गएको छ । यो प्रदेश संरचना किन गठन गरियो ? सात वटा प्रदेशमा संरचना किन बनाइयो ? यदि प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीविहीन बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ । जिल्लाकै सङ्गठन गर्छौँ । प्रदेशलाई बाइपास गरेको छ ।’

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको सङ्गठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले केन्द्रीय नेताहरूले प्रदेशलाई कमजोर बनाउन लागेको आरोप लगा ।ए

बाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताए । उनले सरकार र पार्टीका बीचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिए । उनले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेन्डाहरूको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘आज नयाँ पार्टीहरू सङ्घीयता र भ्रष्टाचारको मुद्दा उठाएर देशमा स्थापित भएका छन् । त्यतातिर हामीले ध्यान दिनुपर्ने हो कि ? देशको निर्वाचन प्रणालीले अस्थिरता बढायो कि ? निर्वाचन प्रणालीले स्थायित्व र गणतन्त्रको संस्थागत विकास, देशको समृद्धितिर कमजोरी भयो कि ?’

उनले कांग्रेसको कार्ययोजना र साङ्गठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस