नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ७, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले स्मृति दिवस मनाउँदैछन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले पुष्पलाल स्मृति उद्यानमा एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

२००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए ।

१९८१ साल असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस