प्रधानमन्त्री प्रचण्ड र युआनबीच भर्चुअल माध्यमद्वारा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ७, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट संवाद गरेका छन् ।

संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइँतबार दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस