पश्चिममा बदली, अरु ठाउँमा कस्तो ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ २१, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौं । देशका पश्चिमी भूभागमा आंशिक बदली रहेपनि बाँकी भेगमा सोमबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको सूचना अनुसार सोमबार दिउँसो पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रहनेछ । तर अरु क्षेत्रमा भने दिनभर मौसम सामान्यतया सफा रहने सूचनामा उल्लेख छ।

यस्तै सोमबार राति पनि पश्चिमी भूभागमा आशिंक बदली रहेर बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ । मंगलबारदेखि भने मौसममा फेरि आशिंक देखि सामान्य बदली आउने महाशाखाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस