शरद ऋतुमा हिमाल आरोहणका लागि ३३९ जनाले लिए अनुमति, धेरैको रोजाइमा मनास्लु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ३१, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौँ । शरदकालीन मौसममा नेपालका हिमाल आरोहणका लागि ४३९ जनाले अनुमति लिएका छन् । अहिलेसम्म १० वटा हिमाल आरोहणका लागि ३५ वटा समूहका ३३९ जनाले अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ । जसमा ७३ जना महिला आरोही छन् । आरोहण अनुमतिबापत सरकारले तीन करोड ६५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सबैभन्दा धेरै मनास्लु हिमालबाट तीन करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा कम होमलुङ, नेमजुङ र थापा पिकका लागि दुई÷दुई जनाले अनुमति लिएका छन् ।

शरद्कालमा हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ४९ जनासहित ४७ देशका नागरिक रहेका छन् । नेपालका तीन जनाले अनुमति लिएका छन् । वसन्तकालीन र शरद्कालीन गरी दुई वटा मौसममा नेपालका हिमालमा आरोहण हुने गरेको छ । तुलनात्मक रूपमा वसन्तकालमा आरोहीहरूको संख्या बढी हुन्छ । आरोहण क्षेत्रमा चर्चित सगरमाथामा शरद् याममा बिरलै मात्र आरोहण हुने गरेको छ । शरद् ऋतुमा विशेषगरी गोरखाको मनास्लु हिमाल आरोहीको रोजाइमा पर्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस