झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट, एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाण्डौँ । झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको चुलाचुली गाउँपालिका( ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक ७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट भएको थियो ।

छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस