तीनकुनेको पुलबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १४, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौँ । तीनकुनेमा रहेको बागमती खोलाको पुलबाट मोटरसाइकल तल खस्दा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मोटरसाइकलमा सवार भक्तपुरका २१ वर्षीय शुशील गुरुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बानेश्वर प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

अर्का घाइते भक्तपुरका सरोज गुरुङको अहिले उपचार भइरहेको छ । बुढाथोकीका अनुसार आज बिहान सवा ४ तिर मोटरसाइकल बागमती खोलाको पुलछेबाट तल खसेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस