पोखरा उडेका जहाज विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं फर्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौँ । काठमाडौंबाट आज पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान काठमाडौं नै फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौंँ फर्किएका हुन् । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले पोखराको विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यति र श्री एयरका जहाज काठमाडौँ फिर्ता आएको जानकारी दिए । ‘टावरको सञ्चार सेवामा समस्या आउँदा दुई विमान काठमाडौं फिर्ता भएका छन्,’ झाले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस