अविवाहिता बनेर परपुरुषसँग प्रेम गर्न छोराको हत्या

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ २४, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौं । सल्यानमा आमाले आफ्नै ४ वर्षीय छोरालाई विष खुवाई हत्या गरेको खुलासा भएको छ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ सुँगुर पोखरीकी एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गएको पुस २८गते बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

आफ्नो श्रीमान लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित ब्यक्तिसँग फोन सम्पर्क गर्दै आएकी थिइन्।

आफू अविवाहित हुँ भनी प्रेम सम्बन्ध राख्नका लागि खत्रीले आफ्नै छोराको हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी बिरेन्द्र बहादुर शाहीले बताए।

उनका अनुसार खत्रीले आफ्नो छोरा समिरलाई सल्फास नामक बिषाधी औषधी खुवाएकी थिइन। औषधी खुवाई भुतप्रेत लाग्यो भनी उपचारको लागि श्रीनगरतर्फ ल्याउदैँ गर्दा बाटोमै छोरा समिरको मृत्यु भएको थियो।

गाउँलेहरुलाई भ्रममा पारेर खत्रीले मृतक छोरा समिरको शव जंगलमा गाडेपछि प्रहरीले पुष २९ गते खत्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानकै क्रममाखत्रीले छोराको हत्या गरेको स्वीकार गरेपछि उनलाई जिल्ला अदालत सल्यानमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस