मनकामना केबलकार कात्तिक ६ गतेदेखि तीन दिन बन्द रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । मनकामना केबलकार दसैँमा तीन दिन बन्द रहने भएको छ । कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको हो ।

नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

ताजा अपडेट

खोजी गर्नुहोस