नेपाल टी–२० क्रिकेट: हङकङलाई ७९ रनले हराउदै नेपाल फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । नेपाल टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ । लगातार तेस्रो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । शनिबार भएको तेस्रो भिडन्तमा नेपालले हङकङमाथि ७९ रनको फराकिलो जित हासिल गर्यो ।

पहिलो खेलमा यूएई र त्यसपछिका दुई खेलमा हङकङलाई हराउँदै नेपाल अन्तिम खेलमा यूएईसँग खेल्नुअघि नै फाइनलमा पुगेको हो ।

राजधानीको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा २१४ रनको चुनौती लिएर मैदानमा उत्रिएको हङकङले ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो । एन्सि राथले सर्वाधिक ४५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी प्रतिश जिसीले १–१ विकेट लिए ।

यसअघि शुरूआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो ।

कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

हङकङका हारुन अर्शद र मोहम्मद गजनफरले समान २ विकेट लिए ।

हङकङ र यूएई अंक विहीन छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस