मंसिर १९, काठमाण्डौँ । कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाण्डौँमा खोलेको छ । एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसका विभिन्न फर्निसिंग र ब्रान्डहरुको नेपालभर बहुस्तरीय शोरुमहरुमा प्रदर्शन गरिएको छ। नयाँ शोरुमले स्थानिय तथा अन्तराष्ट्रिय व्यवसायमाझ स्टिल्केसको भारत तथा विश्वव्यापी रुपमा उत्पादन गरिएका कार्यक्षेत्रका फर्निचरहरुको पहुँच पुर्याएको छ ।
हामी यहाँ नेपालमा आएर खुसी र गर्वित छौँ । हाम्रो डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ प्रभावकारी बनाउन चाहन्छौंँ। तीर्थाङ्कर बासु, प्रबन्ध निर्देशक, भारत र सार्क
नयाँ तीनतले शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ । प्रसिद्ध चेयरहरु थिङ्क, जेस्चर, र पर्सनालिटी प्लस सहित वर्कस्टेसनहरू काठमाडौँको माइतीघर मण्डलास्थित शोरूममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा केही सहायक सङ्कलनहरुको चयन गरिएको छ जुन कम्पनीकै उत्कृष्ट ब्रान्डहरु छन् र यसमा विश्वप्रसिद्ध डिजाइनरहरुको हात रहेको छ ।
सन् १९१२मा स्थापित स्टिलकेस कम्पनीले विश्वमा कार्यस्थलको डिजाइन र विचारमा अग्रणी रहेको छ। ३५ भन्दा बढी रचनात्मक र प्राविधिक साझेदारहरुसँगको सहकार्यमा हामीले कार्यालयको लागि उत्कृष्ट फर्निसिंगको डिजाइन तथा उत्पादन गर्दछौँ।