धादिङको मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाण्डौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

यस्तै, गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । यो भूकम्पले जनधनमा क्षति पुर्याएको छ । विस्थापितहरु अझै पनि पालमुनि बसिरहेका छन् ।

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र अन्तर्गत पर्ने भएकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिम रहेको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस