साढे ६ किलो सुन तस्करीका आरोपीसँग बयान लिन भाषाको समस्या

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साढे ६ किलो सुनसहित पक्राउ परेका इजिप्टका नागरिकको बयान लिन भाषाको समस्या भएको छ ।

अर्ध ठोस रुपमा ल्याइएको सुनसहित पक्राउ परेका इजिप्टका नागरिक सरिफ मोहमद लासिम अंग्रेजी नबोल्दा बयान लिन समस्या भएको हो । उनले अरबिक बोले जस्तो बुझिएपछि अहिले अनुवादकको खोजी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द पक्राउ परेकाले अंग्रेजी नजाने वा अनुसन्धानमा असहयोग गरेका हुन् निष्कर्षमा पुग्न बाँकी रहेको जानकारी दिंदै भने, ‘तर उनले अलिअलि अरबिक बोले जस्तो बुझिएको छ ।’

प्रहरीले उनीसँगै रहेका दुई जना सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ । क्लोज सर्किट सीसी क्यामरा फुटेजमा सरिफसँगै हिँडेको देखिएपछि सम्बन्ध रहेको हुनसक्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको डीआईजी चन्दले बताए । तर उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् । विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस