नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा, ग्राहकका लागि यस्ता छन् फाइदाहरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २५, सोमबार (१ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

काठमाडौं ।

नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ। कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ। अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवासमेत प्रयोग गर्न सकिन्छ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको छ। विभिन्न फरक विशेषता र महशुल दर पनि कम भएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको छ।

एउटैमा तीन प्लस १ सेवा

फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान (3 Plus 1) अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ ।

अन्डरग्राउन्ड केबलमार्फत गुणस्तरीय सुविधा

एफटीटीएच सुविधा उपलब्ध गराउनका लागि आवश्यक पर्ने प्राइमरी नेटवर्क अर्थात कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात जमिन मुनि हुन्छ । त्यसपछि ग्राहकको घरसम्म फाइबर पु¥याउनका लागि मात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ । यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमा थप सुरक्षित र गुणस्तरीय समेत हुनुका साथै केबल जमिनमुनि रहने हुनाले काटिएर क्षति हुने सम्भावना कम रहन्छ । भरपर्दो मानिएको अन्डरग्राउन्ड नेटवर्कमार्फत सेवाग्राहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने नेपाल टेलिकम मुलुकको एक मात्र कम्पनी हो ।

ड्युअल ब्यान्ड सीपीईमार्फत सेवा

पछिल्लो अवस्थामा कम्पनीले ड्युअल ब्यान्ड सीपीई (राउटर) मार्फत एनटी फाइबर उपलब्ध गराइरहेको छ। पहिले वाइफाईको बढ्दो प्रयोगका कारण २.४ गीगाहर्ज को फ्रिक्वेन्सीमा निकै धेरै सिग्नलहरु रहने हुनाले २.४ गीगाहर्जमा धेरै अवरोध (Interference) को कारण वाइफाई भरपर्दो नहुने र सोको तुलनामा ५ गीगाहर्ज को फ्रिक्वेन्सीमा वाइफाई भरपर्दो र गुणस्तरयुक्त हुने गरेको छ। ड्युअल ब्यान्डमार्फत सेवा उपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ। यसबाट सेवाको गुणस्तर समेत सुधार भएको छ।

तोकिएकै गतिमा इन्टरनेट सुविधा

नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउँछन् । कम्पनीले तोके बमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमा जहिले पनि यस अनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस