भारत जोगबनीमा नेपाली युवकमाथि कस्ले चलायो गोली ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २५, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २५, मोरङ । भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्‍याएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस