नक्कली कागजपत्रमा भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २७, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौँ । कीर्ते नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी अहिलेसम्म ३२ जनालाई पक्राउ गरेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार गएको असोज १९ देखि अहिलेसम्म ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । नक्कली कागजपत्र बनाई भिजिट भिसामा विदेश पठाउने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी एक, पूर्व प्रहरी एक जना, नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्स० का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस