एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिटमा आजपनि भएन सुनुवाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २७, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे परेको रिटमाथि आज पनि सुनुवाइ भएन । यसअघि तीन दिन लगातार हेर्न नभ्याइने सूचीमा परेको सो रिट सुनुवाइका लागि आज न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिएको हो ।

आइतबार ,सोमबार र मंगलबार रिटमाथि सुनुवाइका लागि पेशी तोकिए पनि हे‍र्न नभ्याइने सूचीमा राखिएको थियो । आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा, सोमबार न्यायाधीश विनोद शर्माको इजलासमा र मंगलबार प्रकाशकुमार ढुंगानको इजलासमा तोकिएको थियो ।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए। सांसद सिंहले रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस