आजको मौसम सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाक अनुसरा उक्त वायुको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पछिल्लो समय तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ ।

काठमाडौँ उपत्यकाको अहिले बिहानको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । आज बिहान सूर्योदय ६ बजेर ४६ मिनेट र सूर्यास्त ५ बजेर १० मिनेटमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस