तिलोत्तमा गोल्डकप : आज संकटाले च्यासलको सामना गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन ६, रुपन्देही । बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सीएमजी संकटा क्लब काठमाण्डौले च्यासल युथ क्लबको सामना गर्दैछ ।

दिउँसो साढे २ बजेपछि एन्फा टेक्नीकल सेन्टर देवीनगर बुटवलमा खेल सुरु हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिब लोक पुनले जानकारी दिए।

सोमबारको बिजेता क्वार्टरफाइनलमा पुग्नेछ र उसले मनाङ मस्र्याङदी सँगको भेट पक्का गर्नेछ । आइतबार भएको खेलमा सडेन डेथमा सुनसरी ११ लाई हराउँदै आयोजक रुपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा २ विदेशीसहित १० टिमको सहभागीता रहेको छ । बिजेताले गोल्डकपसहित नगद ८ लाख ८० हजार र उपबिजेताले ५ लाख ५० हजार नगद प्राप्त गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस