कञ्चनपुरमा किन लगाईयो निषेधाज्ञा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी भएको छ।

राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर महेन्द्र स्मारक चोकमा राजा महेन्द्रको सालिक अनावरण गर्न खोजेपछि सम्भावित परिणामलाई ध्यानमा राखेर एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

भीमदत्त नगरपालिका वडा नं ४ महेन्द्रनगरमा रहेको संविधान चोक आसपासको क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्वर्गीय पूर्व राजा महेन्द्र शाहको सालिक राख्ने तयारी गरेपछि संविधान चोक आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो ।

राप्रपाले पूर्वनिर्धारित कार्यक्रमस्थल फेरेर चोक नजिकै सब्जीमण्डी रोडमा कार्यक्रम गर्न लागेको छ । महेन्द्रको सालिक अनावरणमा गणतन्त्रवादी दलहरुले विरोध जनाएपछि सुरक्षा संवेदशीलतालाई ध्यान दिई प्रशासनले स्मारक चोकमा कार्यक्रम गर्न नदिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस