मंसिर २९, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले बैंक ग्यारेन्टी बुझाएका छन् । शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैंकमार्फत जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका हुन् ।
बिहीबार उच्च अदालत पाटनले मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले गरेको फैसला सदर गरेपछि उनी आज रिहा हुन लागेका हुन् । बिहीबार कृष्णराम कोइरालाको एकल इजलासले यसअघि पाण्डेले गरेको ३० लाख धरौटीमा छाड्ने निर्णय सदर गरेका थिए ।