सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ आज सकिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २, काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सोमबार सकिँदैछ । सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

सोमबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने कार्यसूची छ। योसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिनेछ । सुनुवाई सकेपछि आजै नाम अनुमोदन गर्ने तयारी छ ।

यसअघि आइतबार बसेको बैठकमा दुई जनाको संसदीय सुनुवाइ भएको थियो। बैठकमा महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस