पुस ५,काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको २९७ औं बैठकले ०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको हो।
प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।