पौष ७, काठमाडौं । आठौं संस्करणको अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ सम्पन्न भएको छ । दर्जनबढी प्रि(ईभेन्ट र ५ महिनादेखिको छनौट प्रक्रियापश्चात पुस ६ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै समापन भएको हो ।
अवार्डको उद्घाटन शत्रकी प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बोल्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाश शरण महत, कर्णाली प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसी, सांसदहरू चन्द्र भण्डारी, मनिष झा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल सरकारको विभिन्न मन्त्रालय तथा विभागका उच्च अधिकारी, विभिन्न कम्पनीका संस्थापक तथा सीईओ लगायत स्वदेश तथा विदेशबाट आईसीटी क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो ।
लिभिङ विथ आईसीटीका संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजन लम्सालले सहभागी सबैलाई स्वागत गर्दै प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी गर्दै आईसीटी अवार्डले स्टार्टअप इकोसिस्टम विकास र डिजिटल रूपान्तरणमा काम गरिरहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै मन्त्री शर्माले डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा गैर सरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंशायोग्य भएको बताइन् ।
अन्य उद्योग धन्दाभन्दा सूचना प्रविधिको क्षेत्रमा विश्वसँग नेपालले प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ ।
‘अन्य उद्योगधन्दा खोल्यो भने विश्वसँग प्रतिस्पर्धासँग गर्न गार्हो छ तर सूचना प्रविधि उद्योगमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । यसको पुष्टि पनि भइसकेको छ,’ मन्त्री शर्माले भनिन, ‘आईसीटी क्षेत्रको विकासका लागि सामान्य सुधारले मात्रै पुग्दैन, डिपार्चर नै चाहिन्छ । यसका लागि कानुनी र संरचनागत सुधार गर्न मन्त्रालयले काम गरिरहेको छ ।’
यस्तै अवार्डको समापन शत्रका प्रमुख अतिथि अर्थमन्त्री प्रकाश शरण महतले नेपालको अर्थतन्त्र ड्राइभ गर्ने एउटा महत्त्वपूर्ण क्षेत्र सूचना प्रविधि भएको बताए ।
डिजिटल युगमा प्रविधिले अवसर र चुनौती दुवै थपेको अवगत गराउँदै उनले सूचना प्रविधिलाई प्रडक्टिभिटी बढाउन, लागत कम गर्न र उद्यम शीलता विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ ।
यस वर्ष आइसिटी अवार्ड २०२३ अन्तर्गत व्यक्तिगततर्फ नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा। डा। सुरेश मानन्धर प्राप्त गरेका छन् भने आन्टरप्रेनर आइसिटी अवार्ड अवार्ड २०२३ अनुप शेरचनले जितेका छन । त्यसैगरी पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशी र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् ।
यस्तै संस्थागततर्फ डिजिटल गर्भनेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गरेको छ । डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ ९पब्लिक सेक्टर० तनहुँको सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ भने डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ ९प्राइभेट सेक्टर० काठमाडौंको अध्ययन स्कुलले जितेको छ ।
यस वर्ष स्टार्टअप तथा इन्नोभेसनतर्फ इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेक, प्रडक्ट आइसिटी अवार्ड २०२३ क्विक आरपीए र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको छ । यसैगरी यस वर्षको हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ मनिमित्रले प्राप्त गरेको छ । साथै आईसीटी अवार्डको अन्तर्राष्ट्रिय विधाको रूपमा रहेको साउथ एशिया स्टार्टअप आईसीटी अवार्ड २०२३ भुटानको स्टार्टअप समूह मिडियाटेकले पाउन सफल भएको छ ।
यस बाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । यसका लागि केही महिना अगाडि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट गराइएको थियो ।
यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् ।
अवार्ड विजेताहरूलाई मन्त्री, सांसद, सचिव लगायत सरकारी तथा गैर सरकारी क्षेत्रका उच्च अधिकारीहरूले ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए । यस्तै अवार्ड विजेतालाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको छ । वुमन आईकन आइसिटी अवार्ड विजेतालाई एनसेलले ३ लाख नगद पुरस्कार दिएको छ भने इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३ विजेतालाई इन्ड्राइभले अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा सहभागी गराउने छ ।
स्कुल व्यवस्थापन सफ्टवेयर वेदले डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ ९पब्लिक सेक्टर० विजेतालाई पूर्ण रूपमा निःशुल्क आफ्नो सफ्टवेयर उपलब्ध गराउने छ भने अन्य डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ को उत्कृष्ट ३ मा पर्न सफल निजी तथा सार्वजनिक विद्यालयलाई ७० प्रतिशत छुटमा वेद सफ्टवेयर उपलब्ध गराउने छ ।
यस्तै सम्पूर्ण विजेतालाई बगभीले एक वर्षसम्म निःशुल्क साइबर सुरक्षा सेवा उपलब्ध गराउने छ भने राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विजेतालाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मास्टर्स ईन आईटीका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको छ ।
यस्तै अवार्डको ग्राण्ड फिनालेमा गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत डब्लुएस अवार्ड २०२२ विजेता नागरिक एपलाई ट्रफी तथा सम्मानपत्र समेत प्रदान गरिएको थियो ।