निरन्तर ओरालोतर्फ शेयरबजार, आज कति छ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष १२, बिहिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस १२,काठमाडौँ । लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार ६८ दशमलव ९० विन्दुमा झरेको छ ।

आज होटल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ, अरू समूहको शेयर सामान्य ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । एक करोड ६८ लाख कित्ता शेयर चार अर्ब २९ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस