नाडाको अध्यक्षमा करण चौधरी पक्का, नवराज डल्लाकोटीको पनि समर्थन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष १२, बिहिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस १२,काठमाडौँ । नाडा अटोमोबाइल्समा एशोसिएशन अफ नेपालमा अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि सोही सहमति अनुसार अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा हुने तय भएको थियो । पछिल्लो समयमा सो सहमतिबिरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनावी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो । सो घोषणापछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो ।

तर आज नाडाका नेतृत्व अहिलेको समयमा चुनावी पक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारणाअनुरुप नवराज डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका छन् । सो समर्थनपछि चौधरी नै नाडाको अध्यक्ष हुने फेरि पक्का भएको छ भने यहि सहमतिपछि चुनाव नहुने निश्चित भएको छ । सहमतीको पहल गर्न वर्तमान अध्यक्ष ध्रुव थापा ,निबर्तमान अध्यक्ष तथा कार्यसमितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस