सर्वोत्तमको आईपीओमा लगानी : दुई दिनमा ८६ प्रतिशतभन्दा धेरै कमाई !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ७, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
सर्वोत्तमको आईपीओमा लगानी : दुई दिनमा ८६ प्रतिशतभन्दा धेरै कमाई !

चैत्र ७, काठमाण्डौँ । दोश्रो बजारमा कारोबार सुरु भएको सर्वोत्तम सिमेन्टको सेयरमा सर्किट लागेको छ ।
पहिलो दिन झै दोश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।

सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६७२.७० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६१.१० रुपैयाँले मूल्य बढेको हो ।
यो कम्पनीले नेपालमे पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । सर्वसाधारणलाई अंकित मूल्यमा २६०.९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ बिक्री गरिएको थियो ।

आईपीओमा मागभन्दा निकै धेरै आवेदन परेको थियो । परेका आवेदनहरुमध्येबाट चिठ्ठा विधिबाट लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस