आज दोहोरो अंकले बढ्यो नेप्से, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १३, मंगलबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

चैत्र १३, काठमाण्डौँ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्चमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १०.१४ अंक अर्थात ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले बढेर ३६१.६३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छाएको छ भने अन्य सबै तीनवटा समूहमा रातो पोतिएको छ । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ ।

यो समूह २.१ प्रतिशतले बढेको आज बैंकिङ ०.०४, विकास बैंक ०.५१, होटल ०.४७,हाईड्रो १.५८,लगानी ०.४५,लघुवित्त ०.४२,म्युचुअल फण्ड ०.४६,निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.११ प्रतिशतले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस