आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को रोमाञ्चक जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० चैत्र १९, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को रोमाञ्चक जित

चैत्र १९, काठमाडौँ । नेपाल ‘ए’ ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई तीन रनले हराएको छ । जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो ।

तीन खेलको टी=२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनमात्र बनाउन सक्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस