मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री दाहाल, यस्ता छन् उनका मागहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २०, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री दाहाल, यस्ता छन् उनका मागहरु

चैत्र २०, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन् ।

सो भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग प्रधानमन्त्री समक्ष राखेको मेयर साम्पाङले जानकारी दिएका छन् । धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौंमा छन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका छन् । उनले यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका थिए ।

काठमाडौं आएको मौकामा उनले आज बिहानै सडक किनारमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा वकालत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस