नाउपाकी अध्यक्ष रञ्जिताद्वारा श्रीमान पक्षधर गिरीलाई सांसद पदबाटै बर्खास्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २१, बुधबार (१ साल अघि)
  • ३० पटक पढिएको
नाउपाकी अध्यक्ष रञ्जिताद्वारा श्रीमान पक्षधर गिरीलाई सांसद पदबाटै बर्खास्त

चैत्र २१, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष रञ्जिता चौधरीले श्रीमान पक्षधर नेताहरूलाई धमाधम कारबाही गरिरहेका छिन् । रञ्जिताले पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई सांसद पदबाटै हटाएकी हुन् ।

उनले आज गिरीलाई सांसद पदबाट बर्खास्त गरेकी हुन् । समानुपातिक सांसद गिरीलाई पदबाट बर्खास्त गरिएको पत्र रञ्जिताले प्रदेश सभामा पठाईन् । पार्टीको निर्णयविरूद्व सरकारमा सहभागी भएको भन्दै उनलाई कारबाही गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस