हत्या

घोराहीमा कोठाभाडामा बस्दै आएका दुई महिलाको दिनदहाडै बञ्चरो हानेर हत्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३०, आईतबार (१ साल अघि)
  • ९७ पटक पढिएको
घोराहीमा कोठाभाडामा बस्दै आएका दुई महिलाको दिनदहाडै बञ्चरो हानेर हत्या

बैशाख ३०, दाङ । दाङको घोराहीमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

बञ्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको जानकारी दिंदै उनले भने, ‘हत्यामा संलग्न एक व्यक्तिलाई हाम्रो नियन्त्रणमा लिएका छौं ।’ दुई महिला कोठा भाडा बस्दै आएका थिए ।

घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको पाइएको केसीले जानकारी दिएका छन् । हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले बताएका छन् । सुनारको पहिलोको घर सुर्खेत र बुढाको पहिलेको घर रूकुम रहेको खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस