इतिहासकार

इतिहासकार ज्ञानमणि नेपालको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • १७५ पटक पढिएको
इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ ।

लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।

शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले जानकारी दिए ।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस