गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ६, आईतबार (१ साल अघि)
  • १४१ पटक पढिएको
गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

जेठ ६,काठमाडौँ । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस