अधिकारीद्धयको श्रद्धाञ्जली सभा संयुक्त, पार्टीको झण्डा आधा झुकाउने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १९, आईतबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

फागुन १९,काठमाडौँ । नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको झण्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

यसैगरी आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । यसैगरी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस