पहिरो

ताप्लेजुङको खेजेनिममा पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (११ महिना अघि)
  • १०९ पटक पढिएको
ताप्लेजुङको खेजेनिममा पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु

जेठ ३२, ताप्लेजुङ । बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम भइरहेको रावलले बताएका छन् ।

यसअघिसिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चारवटा अस्थायी पुल तथा उत्तरतर्फ जोड्ने सडक अवरुद्ध बनाएको थियो ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस