फागुन २१,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्यूनिष्ट निरंकूशताका बिरूद्ध लड्नूपर्ने समयमा कांग्रेस आफै भित्रको समस्यामा फसिरहनू मूलुक र प्रजातन्त्रका लागी राम्रो संकेत नभएको बताएका छन।
नेपाल ट्रेड यूनियन कांग्रेसको ७३औं स्थापना दिवसको अवसरमा आयोजित शूभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले भने-‘पार्टी भित्र मनमूटाब र तिक्तता हून्छ, त्यसका लागी पछी लडौंला। यतिवेला मूलूक कम्यूनिष्ट सर्बसत्ताबादमा फसेको छ। कम्यूनिष्ट अधिनायकबाद बिरूद्ध लड्न एकजूट हूनूहोस।’
कार्यक्रमलाई संबोधन गर्ने क्रममा डा. कोइरालाले कम्यूनिष्टहरू जसरी पनी प्रजातन्त्र समाप्त गर्न लागेकाले मूलूक भयावह दुर्घटनातर्फ गैरहेको संकेत पनी गरे।