निर्वाचन आयोग

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ गर्न उजुरी आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ७, शुक्रबार (११ महिना अघि)
  • ७६ पटक पढिएको
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ गर्न उजुरी आह्वान

असार ७, काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भए १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति पशुपतिशम्शेर जबराले जानकारी दिए । गत आइतबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

#निर्वाचन आयोग

ताजा अपडेट

खोजी गर्नुहोस