त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २३, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २३, काठमाडौँ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते ९जुन ३०० सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१) हजार ७ फिट० लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ ।

राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेको उडानमध्ये १५र२० प्रतिशत कटौती हुने देखिन्छ ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने ।

हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस