थप हवाई रूट उपलब्ध गराउन परराष्ट्रमन्त्री राणाको भारतीय विदेश सचिवलाई आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २८, सोमबार (९ महिना अघि)
  • ८० पटक पढिएको
थप हवाई रूट उपलब्ध गराउन परराष्ट्रमन्त्री राणाको भारतीय विदेश सचिवलाई आग्रह

साउन २८, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग हवाई रूटबारे छलफल गरेकि छिन् ।

भेटका क्रममा मन्त्री राणाले नेपाल–भारत ‘एअर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गरेकी हुन् ।
मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुराकानी गरेकी छिन् । भेटका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको मन्त्रीको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस