साउन २९, काठमाण्डौँ । देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालिन कदम अघि बढाएको हो ।