कुलमानविरुद्ध हितेन्द्रको रिट पेशीमै नचढी थन्कियो, तीनदेखि सुनुवाइ अनिश्चित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३०, बुधबार (९ महिना अघि)
  • १०८ पटक पढिएको
कुलमानविरुद्ध हितेन्द्रको रिट पेशीमै नचढी थन्कियो, तीनदेखि सुनुवाइ अनिश्चित

साउन ३०, काठमाडौँ । बहुप्रतिक्षित हितेन्द्र देव शाक्यले तीन वर्षअघि सर्वोच्च अदालतमा दिएको मुद्दाको सुनुवाई आज (बुधबार) पनि स्थगित भएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले ३ वर्षअघि दायर गरेको रिट आज पनि सुनुवाइ नहुने सूचीमा चढेको हो । यो रिट बुधबार पेशीका लागि तोकिएको थियो । तर अचानक बुधबार यो रिट स्थगित भयो ।

शाक्यले पनि तीन वर्षदेखि न्याय नपाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । २०७८ चैत १ गतेदेखि विभिन्न मितिमा तोकिएको पेशी हेर्न नभ्याउने भन्दै सरेको थियो । बुधबार पेशी तोकेर निर्णय गराउन विभिन्न समूह लागेका स्रोत बताउँछ । पछिल्लो समयमा डेडिकेटेड र ट्रंक लाइन विवादसँगै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ निशानामा थिए ।

पछिल्लो समयमा सवा ८ अर्ब बक्यौता लिने प्रक्रिया अगाडि बढाएसँगै उनी तारोमा परेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवादमा लाइन काटिएका उद्योगीलाई बोलाएर कुलमानलाई तत्कालै उद्योगमा बिजुली दिन निर्देशन दिएका थिए भने संसद्मा उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

पछिल्लो समय कुलमानका पक्षमा सडकमा प्रदर्शन हुन थालेको र बंगलादेशको समेत घटनाक्रमले शाक्यको रिट ओझेलमा परेको अनुमान गरिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले हितेन्द्रदेवलाई २०७७ माघ २७ गते चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो । तर सरकार फेरिएसँगै शाक्यलाई सरकारले हटाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस