साउन ३०, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो । नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त रहेका छन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ ।
सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।